थप २ हजार २ सय २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि,२८ सय ४६ जना डिस्चार्ज



काठमाडौं कात्तिक ८ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। त्यस्तै सोही अवधिमा १३ जना कोभिड १९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै देशभर संक्रमितको मृत्यु हुने सङ्ख्या ८ सय ४२ पुगेको छ।

शनिवार २ हजार ८ सय ४६ जना संक्रमण मुक्त भएसँगै निको भएका छन् । संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । हालसम्म ४७ हजार ५७ जना संक्रिय संक्रमित पहिचान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्