काठमाडौं उपत्यकामा ११ सय १० जना कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक ८ ।

काठमाडौं उपत्यकामा आज एक हजार ११० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ८३२, भक्तपुरका १०२ र ललितपुरका १७६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्