काठमाडौं उपत्यकामा १५ सय ३५ कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक ९ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३५ कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये ६२९ महिला र ९०६ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १९ हजार ८२६ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ४९४ जना सक्रिय संक्रमित रहेका छन् भने ५६ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४३० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

शनिबार काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना भाइरस संक्रमित थपिएका थिए । काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ६४३ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्