थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ५ जना डिस्चार्ज



काठमाडौं कात्तिक १० ।

नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ७४१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । मन्त्रालयका अनुसार आज ५ हजार ६ पीसीआर परीक्षणमा गरिएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४ हजार ५ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्