काठमाडौं उपत्यकामा ८९४ कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक १० ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा महिला ३८० र पुरुष ५१५ गरेर ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या भने ४३ हजार २९३ रहेको छ ।

उपत्यकामा ८९४ संक्रमित थपिएसँगै २४ घण्टामा नेपालमा १७ सय ४१ कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्