पाँचथरको फिदिमस्थित एक घरमा आगलागी, १३ लाख बराबर क्षति



पाँचथर, मंसिर २४ । पाँचथरको फिदिमस्थित एक घरमा आगलागी भएको छ। फिफिम नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदा करिब १३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायत खटेका थिए ।

प्रतिक्रिया दिनुहोस्