ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठलाई पितृशोक



काठमाडौं पुस २८ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ ।

निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो । उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनका दुई छोरा र एक छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्