सुन प्रतितोला एक हजार ३०० र चाँदी ४५ रुपैयाँले बढ्यो
काठमाडौं,कात्तिक २३ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदीको ४५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८५५ रुपैयाँ पुगेको छ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र चाँदी तीन हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

