कोरोना विरुद्धको खोप अभियान: तेस्रो दिन १७ हजार बढिले खोप लगाए



काठमाडौं माघ १६ ।

मुलुकभर शुक्रबार १ सय ६९ खोप केन्द्रबाट १७ हजार ४ सय ६५ व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

आजसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका छन् । पहिलो दिन ९ हजार ८४ र दोस्रो दिन १९ हजार ६ सय ४८ जनाले कोरोनाको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, बागमती प्रदेशमा १५ हजार ६ सय ४१, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३,कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिममा ३ हजार ७ सय ८३ ले खोप लिइसकेका छन्।

भारतको सिरम इन्स्टिच्युटबाट निर्मित कोभिसिल्ड खोप गत १४ गते देखि खोप लगाउन सुरु गरिएको थियो। अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नलाई चिकित्सक खटाइएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

खोप लगाएका व्यक्तिमा सामान्य असरबाहेक अन्य घटना नभएको र आफैं निको भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्