एक डोजले काम गर्ने कोरोनाविरुद्धको भ्याक्सिनको विकास



एजेन्सी, माघ १७ । एक डोजले काम गर्ने कोरोनाविरुद्धको भ्याक्सिनको विकास भएको छ। हाल विश्वभर प्रयोगमा ल्याइएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन भने दुई डोज लगाउनुपर्छ । चार हप्ताको अन्तरालमा दुई डोज लगाएपछि मात्र खोपले पूर्ण रुपमा काम गर्छन् । तर, पछिल्लो समय कोरोना भाइरसविरुद्धको एउटा यस्तो भ्याक्सिन विकास भएको हो जुन एक डोज लगाए पुग्छ ।

बेल्जियमको कम्पनि जनसेनले यो भ्याक्सिन विकास गरेको हो । कम्पनिले भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ ।

एक डोज मात्र लगाए पुग्ने भएकाले भ्याक्सिन सहज तरिकाले चलाउन सकिने देखिएको छ । भ्याक्सिन अझै अनुगमन हुन बाँकी छ । विश्व प्रशिद्ध कम्पनि जोन्सन एन्ड जोन्सनले भ्याक्सिन विकास गरेको हो ।

प्रतिक्रिया दिनुहोस्