राष्ट्रिय महिला लिग फुटबलमा विराटनगरको दोस्रो जित



काठमाडौं माघ १७ ।

राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले दोस्रो जित हात पारेको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भएको खेलमा विराटनगरले चौदाण्डीगढी नगारपालिकालाई ६–० ले हराएको हो । विराटनगरको सहज जितमा अनु राईले २, कुसुम खतिवडा इमा राई, मनिषा थापामगर र पार्वती घलेले समान १–१ गोल गरे ।

खेलको २१औं मिनेटमा अनुले विराटनगरलाई अग्रता दिलाइन् । ३६ औं मिनेटमा अनुले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । ३९ औं मिनेटमा इमा र ४३ औं मिनेटमा मनिषाले गोल गर्दा विराटनगरले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

पहिलो हाफमा ४ गोल गरेको विराटनगरले दोस्रो हाफमा २ गोल थप्यो । ८२औं मिनेटमा कुसुम र ८३औं मिनेटमा पार्वतीले गोल गरेपिछ विराटनगर ६–० ले विजयी भएको हो । जितसँगै विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ । लगातार चौथो पराजय व्यहोरेको चैदण्डीगढी अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्