थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ५० जना डिस्चार्ज



काठमाडौं माघ १७ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ६१८ पिसिआर परिक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२७ पुगेको छ । अहिलेसम्म कुल २ लाख ७० हजार ८५४ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ७७९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६६ हजार ४८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्