राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको पाँचौ जित



काठमाडौं माघ १७ ।

साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् । जितसंगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।

वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आईतबार एक मात्रै खेल हुनेछ । आइतबार चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लब भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्