स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद



काठमाडौं माघ १८ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका एक यात्रुको झोलामा स्रोत नखुलेको १० लाख रुपैयाँ फेला परेको छ।

काठमाडौंको कलंकी स्थायी वतन भएका आशिष खाती क्षेत्रीले लिई आएको कालो रंगको ह्‍याण्ड व्याग सुटकेश भित्र सो रकम फेला परेको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्या‍ण्ड व्यागेज चेकिङ्ग एरियाको एक्सरे नं २ पुरुषतर्फको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा उक्त सुटकेशबाट श्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली रुपैयाँ १० लाख फेला परेको हो ।

लुकाई छिपाई अबैध रुपमा बाहीरी मुलुकतर्फ लैजान लागेको सो रकमसहित आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि खातीलाई आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्