महिला लिग फुटबलमा नेपाल पुलिसको सहज जित



काठमाडौं माघ १८ ।

राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबलसंघ एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पुलिसलाई जित दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरिन् । चन्द्रपुरकी सबिता राना मगरले एक गोल फर्काईन् । जितसंगै पुलिस लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अंक जोडेको छ ।

छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ । ५ खेलमा १५ अंक जोडेर शसस्त्र प्रहरीको एपिएफ शीर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र आर्मी तथा दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्