नेपालमा ८८ हजारले लगाए कोरोना विरुद्धको खोप



काठमाडौं माघ १८ ।

नेपालमा कोरोना भाइरसविरुद्ध खोप लगाउनेको संख्या ८८ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचौं दिन आइतबारसम्म १५८ बुथबाट ८८ हजार ७ जनाले खोप लगाएका छन् ।

मन्त्रालयले पहिलो चरणमा प्राथमिकताप्राप्त लक्षित समूहमा पर्ने व्यक्तिहरुमध्ये स्वास्थ्यकर्मीहरुले काउन्सिल दर्ता, आधिकारिक परिचयपत्र र संस्थाबाट प्रमाणिकरण विवरणहरु र अन्य समूहको हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिससहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा सम्पर्क गरी अबको पाँच दिनभित्र खोप सेवा लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्