फोक्सोमा पानी जमेपछि गर्भवतीको मृत्यु



हुम्ला,माघ १९ । खार्पुनाथ गाउँपालिका–१ की गर्भवतीको मृत्यु भएको छ ।

२१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जनाएको हो ।

शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा. टसी आङ्जुक लामाले जानकारी दिए ।

फोक्सोको रगत नलीमा अड्किएको फोहर पानी बाहिर जान नसक्दा मृत्यु भएको डा. लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्