बढ्यो संक्रमण र मृत्युदर: संक्रमित ३८४०, मृत्यु ३३



काठमाडौं, साउन १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ८ सय ४० जना संक्रमित थपिएका छन् ।

यससंगै कुल संक्रमितको संख्या ६ लाख ८९ हजार ५ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज १५ हजार ८ सय ८ जनाको परीक्षणमा गरिएको हो । पछिल्लो २४ घण्टामा थप ३३ जना संक्रमितको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्