उपत्यकामा ८ सय भन्दा बढी संक्रमित थपिए



काठमाडौँ, साउन १३ । काठमाडौसहित उपत्यकामा ८ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । देशभर थपिएका ३८ सय ४० कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जना थपिएको तथ्यांक स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौँमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना रहेका छन् । नेपालमा कोरोना भाइरसबाट १९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४९ हजार ७२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आज कोरोना भाइरसका ३ हजार ८ सय ४० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ८९ हजार ५ सय १३ पुगेको छ ।

मन्त्रालयका अनुसार १५ हजार ८ सय ८ जनाको कोरोना परीक्षणमा गरिएको हो । २४ घन्टामा नेपालमा ३३ जना संक्रमितको निधन भएसँगै कुल मृतकको संख्या ९ हजार ७ सय ९१ पुगेको छ । हिजो (मंगलबार) देशभर ३८९९ जनामा संक्रमित थपिएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्