नुवाकोटमा माधव नेपाल समुह युवा संघको १५३ सदस्यीय कमिटी घोषणा



नुवाकोट,साउन १३ । जिल्लामा नेपाल कम्युनिस्ट पार्टी एमाले माधव नेपाल समुहको युवा संघ कमिटी घोषणा गरिएको छ। जिल्लास्थित उक्त समुहको जनवर्गिय संगठन युवासंघ नेपाल नुवाकाेट कमिटिकाे भेलाले १५३ सदस्यीय आयाेजक कमिटी घाेषणा गरिएकाे हो ।

माधवकुमार नेपाल पक्षीय युवासंघ नेपाल नुवाकोटका ईन्चार्ज उद्धव पनेरुकाे अध्यक्षतामा बसेकाे भेलाले नुवाकाेट सह-ईन्चार्ज सुरेश अधिकारिकाे संयाेजकत्वमा १५३ सदस्यीय युवासंघ नेपाल नुवाकाेट जिल्ला आयाेजक कमिटि घाेषणा गरिएकाे संयाेजक अधिकारीले बताए।

संयोजक अधिकारीका अनुसार भेलाले जीवन आलेमगरको संयाेजकत्वमा ५१ सदस्यीय पिपुल्स भाेलिन्टियर्स (PV) गठन समेत गरिएको छ । गठित आयाेजक कमिटिले छिट्टै जिल्ला सम्मेलन सम्पन्न गरिनुका साथै पालिका र क्षेत्रिय कमिटिहरुकाे घाेषणा छिट्टै भेला मार्फत गरिने पनि अधिकारिले जानकारी दिएका छन।

हेर्नुस् नामावली

प्रतिक्रिया दिनुहोस्