हेटौँडामा कोरोनाले २४ घण्टाको अवधिमा बुबा–छोरीको ज्यान लियो



हेटौँडा,साउन १६ । मकवानपुरस्थित हेटौंडामा कोरोनाले २४ घण्टाको अवधिमा बुबा–छोरीको ज्यान लिएको छ। मकवानपुरमा पछिल्लो केहिदिनबाट कोरोनाको संक्रमण फेरि बढेसंगै मृत्यु हुनेको संख्यापनि बढ्दै गएको अस्पताल श्रोतले जनाएको छ ।

कोरोना संक्रमणबाट मकवानपुरमा २४ घण्टाको अन्र्तरलामा बाबु–छोरीले ज्यान गुमाएका छन् । लामो समयदेखि हेटौँडा अस्पतालमा कार्यर हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ बनस्पतीकी तारा तिमल्सिना तथा उनका बुबाले २४ घण्टाको अन्तरालमा ज्यान गुमाएका हुन् ।

कोरोना संक्रमण भएर हेटौँडा अस्पतालमा उपचार गरिरहेका तिमल्सिनाका बुबाको श्रावण १४ गते बिहिबार मृत्यु भएको थियो भने छोरीको श्रावण १५ गते शुक्रबार मृत्यु भएको हो । कोरोनाको दोश्रो लहरसँगै यस अघि पनि हेटौँडामा एक परिवारका बुबा छोरीकै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्