कोरोना अपडेट: संक्रमित ३१०६, मृत्यु २३



काठमाडौं, साउन १६ । नेपालमा कोरोना भाइरसका ३ हजार १ सय ६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ५४ हजार १ सय ७७ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार आज १३ हजार ५ सय १९ जनाको परीक्षणबाट ३१ सय ६ संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट २४ घण्टा समयावधिमा थप २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्