उपत्यकामा निषेधाज्ञा थप कडाइको तयारी



काठमाडौ,साउन १८ । उपत्यकामा निषेधाज्ञा थप कडाइको तयारी गरिएको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषधाज्ञामा थप कडाइ गरिने तयारी लागिएको हो ।

संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा थप कडाइ गर्न लागिएको हो । बजार तथा खुला स्थानमा मानिसहरूको भिडभाड बढेकाले त्यस्ता कार्यलाई निरुत्साहन गर्ने र मास्क नलगाइ हिड्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई नियन्त्रणमा लिएर जरिवाना लिने लगायतका नियम बनाईने प्रशासनको तयारी छ ।

यस्तै, सार्वजनिक यातायात सञ्चालनको विषयमा तीनै सीडीओको बैठकले निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । निषेधाज्ञाको प्रकृति कस्तो हुने भन्नेबारे आगामी बैठकले निर्णय गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्