टोखा नगरमा ३० वर्ष माथि उमेर समूहका नागरिकलाई आज कोरोना खोप



काठमाडौ,साउन २० । टोखा नगरपालिकामा ३० वर्ष माथि उमेर समूहका नागरिकलाई आज बुधबार कोरोना खोप भेरोसेल दिइने तयारी गरिएको छ।

नगरका जनस्वास्थ्य अधिकृत रनलाल कुमालका अनुसार टोखा नगरपालिकाका तीन स्थानमा सो उमेर समूहका नागरिकलाई कोरोना खोप लगाउने तयारी गरिएको हो।

नगरको वडा नम्बर २ मा रहेको टोखा चण्डेश्वरी अस्पतालमा, वडा नम्बर ७ मा रहेको तिलिङटार माद्यामिक विद्यालय र वडा नम्बर १० मा रहेको मनोहर माध्यमिक विद्यालय गरी तीन स्थानमा बिहान ८ बजेदेखि कोरोना खोप लगाउने टोखा नगर स्वास्थ्य शाखाले जनाएको छ।

खोप लगाउने नागरिकले परिचयपत्र खुल्ने कागजातसहित उपस्थित हुन शाखाले अनुरोध गरेको छ।

यस्तो छ सूचना:-

प्रतिक्रिया दिनुहोस्