बढ्यो कोरोना संक्रमणदर: ४१ सय नयाँ संक्रमित, ३५ को मृत्यु



काठमाडौं, साउन २० । नेपालमा केहि साता यता पुनः कोरोना संक्रमणदर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ हजार १ सय जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ६ हजार २ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयमै १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६१ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको परीक्षणमा २९७५ जना पीसीआर र एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट २४ घण्टा समयावधिमव थप ३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्