नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बियो



नुवाकोट,साउन २० । नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरेसंगै जारी निषेधाज्ञा समयावधि लम्बिएको हो ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बुधबार जारी गरेको आदेशमा साउन २० गतेदेखि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

प्रशासनद्वारा जारी सूचना हेर्नुस्

प्रतिक्रिया दिनुहोस्