एक्लो प्रयासले पार्टीभित्रको समस्या समाधान हुन्नः नेपाल



ललितपुर, साउन २४ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने काम आफू एक्लैले गरेरमात्र नहुने बताएका छन् ।

शनिबार लतिलपुरमा आफूपक्षीय जनवर्गीय सङ्गठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीभित्रका सबै कुरा आफूले मात्रै जानेको छु र सर्वज्ञानी हुँ भन्ने अहङ्कारी प्रवृत्तिले पार्टीभित्र झन् समस्या पैदा गरेको बताए । उनले पार्टीभित्रका समस्या समाधान गरेर अगाडि बढ्न आफू तयार रहेको जनाएका छन् ।

एमालेभित्र देखिएका समस्या समाधान गराउन आफूले संवेदनशील भएर आवश्यक कदम चालिरहेको उनको भनाई रहेको छ । उनले पार्टीका जनवर्गीय सङ्गठन चलायमान बनाउन कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्