विद्यार्थीलाई पनि अब कोरोना खोप



काठमाडौं,साउन २७ । अब विद्यार्थीलाई पनि कोरोना खोप दिइने भएको छ। त्रिभूवन विश्व विद्यालयका परीक्षार्थीले विद्यार्थीले खोप पाउने भएका हुन । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका अनुसार विद्यार्थीको प्रवेशपत्रको आधारमा सम्बन्धित स्वास्थ्य कार्यालयले खोप लगाउने जनाएको छ । त्रिविका सम्पूर्ण परीक्षा भौतिक उपस्थितिमै संचालन हुँदै आइरहेको छ ।

यसअघि त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा दिने तयारी र सहभागी विद्यार्थीले सरकारले कोरोना खोप उपलब्ध गराउनु पर्ने माग राख्दै आइरहेका थिए ।

अभिभावक र राजनीतिक दलका विद्यार्थी संगठनले पनि विद्यार्थीको माग सम्बोधन गर्नुपर्ने बताउँदै आएका थिए । बुधबार स्वास्थ्य मन्त्रालयले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुको प्रवेश पत्रका आधारमा खोप दिइने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्