आज २६ सय २४ नयाँ संक्रमित थपिए



काठमाडौं, साउन ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १ हजार ३ सय २० जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ६ लाख ८० हजार ८ सय १५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज १३ हजार ५ सय ७३ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्