थप ३ हजार जनामा संक्रमण पुष्टि, २१ सय निको



काठमाडौं,भदौ ३ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ४२ हजार २ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ९१ हजार २ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा १६ हजार ४ सय ३८ जनाको कोरोना परीक्षणमा २३ सय २१ जना पिसीआर र ७ सय ५४ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्