कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने बोर्डको तयारी



काठमाडाैँ,भदौ ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगाडी नै  गर्ने तयारी गरेको छ । परीक्षा दिने अधिकांश परीक्षार्थीले कोरोनाको खोप पाउने भएपछि बोर्डले दशै अगाडी नै कक्षा १२ को परीक्षा लिनेगरि तयारी थालिएको बुझिएको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार यसअघि साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकुति दिएपछि परीक्षा संचालनबारे १५ दिन अगाडी नै सूचना निकालेर जानकारी दिने परीक्षा नियन्त्रक ले जानकारी दिए ।

शर्माका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा दसैं अगाडि नै परीक्षा संचालन गर्न सकिने बताए । परीक्षाका लागि १५ दिन अगावै अग्रिम सूचना विद्यार्थीका लागि जारी गरिनेछ । यद्यपि सीसीएमसीको निर्णय भने आउन बाकी नै छ।

प्रतिक्रिया दिनुहोस्