सन्तोष अधिकारी र जीवन कार्की को प्रस्तुतिमा ‘खेतको आली’



काठमाडौं,भदौ ७ । कलाकारद्वय सन्तोष अधिकारी र जीवन कार्की को प्रस्तुतिमा ‘खेतको आली’ लोकदोहोरी गीत बजारमा आउने भएको छ।

गनगन गीतका उनै चर्चित गायक सङ्गम थापाको ब्यबस्थापन रहेको खेतको आली गीतमा गायक सन्तोष अधिकारी ,सारदा रसाइलीको सुमधुर आवाज रहेको छ भने सन्तोष अधिकारीको शब्द, सन्तोष परियार र सन्तोष अधिकारीको लय, पछिल्लो समय ब्यस्त एरेन्जर नारायण दङालको एरेन्ज रहेको छ ।

म्युजिक प्लस रेकर्डिङ स्टुडियो मा रेकर्डिङ भएको खेतको आली गीतको भिडियो निर्माण गनगन इन्टरटेन्डमेन्ड ले गरेको हो । गीतको भिडियो निर्देशन अर्जुन महर्जनले गरेका छन् भने म्युजिक भिडियोमा मोडल जीवन कार्की, अनु पराजुली, सुनिता कालिकोटे, अम्बिका अधिकारी, सङ्गम थापा लगायत कलाकारलाई देख्न सकिन्छ ।

गीतको कोरियोग्राफी सुजन श्रेष्ठले गरेका हुन भने क्यामेरामेन मुकेस हुमागाइ रहेका छन् । गीतको भिडियो केहि दिनमा सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्