थप १८ सय ५७ संक्रमित, मृत्यु २७



काठमाडौं,भदौ १२। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय ५७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ हजार २ सय २२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १० हजार ४ सय ५२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा १३ हजार १ सय ७६ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ६ सय ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्