तिहारपछि सुनचाँदीको भाउ घट्यो, सुन तोलामा १२ हजार ६०० रुपैयाँ सस्तो



काठमाडौं,कात्तिक २७ । तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार १२ हजार ६०० रुपैयाँले घटेर दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला तीन हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १५५ रुपैयाँले घटेर तीन हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्