नुवाकोटका गायक दीपक थापाको भाइरल गीत ‘तिमीतिर गैरन्छ ध्यान मात्रै’को भिडियो सार्वजनिक



नुवाकोट,भदौ १४। नुवाकोटका चर्चित गायक दिपक थापाको ‘तिमीतिर गैरन्छ ध्यान मात्रै’ गीतको भिडियो सार्वजनिक भएको छ। लामो समयदेखि टिकटकमा भाइरल भएको यस गीतको भिडियो आइतबार सार्वजनिक भएको हो। गायक थापाले यसअघि गाएका लाइभ दोहोरी तथा गीति एल्बममा समेत छुट्टै चर्चा बटुल्न सफल भएका छन ।

पछिल्लो समय चर्चामा रहेको ‘तिमीतिर गैरन्छ ध्यान मात्रै’ गीतमा महिला स्वर काठे लोकदोहोरी क्षेत्रकी चर्चित गायिका पार्वती कार्कीले साथ दिएकी छिन। नारायण दङ्गालको एरेन्ज रहेको यस गीतमा ओई गनगनका मोडल सुदर्शन खतिवडा,चर्चित मोडल आयुष्मा कार्की, रामकुमार खतिवडा,रामकुमार दुतराज लगायत कलाकारलाई देख्न सकिन्छ।

निरन श्रेष्ठको निर्देशन तथा चर्चित भिडियो सम्पादक रोशन धितालले भिडियो सम्पादन गरेको यस गीतको भिडियो दीपक थापा अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्