आज श्रीकृष्ण जन्माष्टमी धुमधामसँग मनाइदै



प्युठान,भदौ १४ । श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वले विविधतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ । त्यसैगरी उहाँले गौरा पर्वप्रति पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ । उहाँले शुभकामना सन्देशमा हामी बहुभाषा र संस्कृतिले जोडिएका छौँ भन्दै दुवै पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । श्री कृष्ण जन्माष्टमीका दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्