नुवाकोट पञ्चकन्यामा सर्पको टोकाइबाट एक जनाको ज्यान गयो



नुवाकोट,भदौ १४ । सर्पकाे टाेकाइबाट जिल्लाको पञ्चकन्या गाउँपालिकामा एकजनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर १ भकुण्डेकी ५६ वर्षिया महिला दुर्गा ढकाल रहेकी छिन ।सोमबार बिहान ४ बजे उनलाई सुतिरहेको बेला ओछ्यानमै सर्पले डसेको उनको श्रीमान केशव ढकालले बताए ।

सर्पले टाेकेर उपचारका लागि काठमाण्डाै लैजाँदै गर्दा बाटोमै दुर्गाको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

जिल्लामा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा काठमाडौं उपत्यका लैजानुपर्ने बाध्यता रहदै आएको छ । जिल्ला अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ नभएका कारण जिल्ला तहमा उपचार हुँन नपाउँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको हो । सरकारले सरकारीस्तरबाट नै जिल्ला तहमा सर्पदंश उपचार केन्द्र खोल्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्