जन्मदिनको अवसरमा झोर माहांकालका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



काठमाडौं,भदौ १४ । आफ्नो जन्मदिनको अवसरमा शिक्षासेवी तथा समाजसेवी सबिता खनालले झोर माहांकाल माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । सोमबार आफ्नो जन्म उत्सवको अवसरमा विद्यालयमा अध्ययनरत आर्थिक कम्जोर भएका परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै खनालले आफ्नो जन्मदिन मनाएकी हुन।

लायन्स क्लब अफ हिमचुली डिस्ट्रीक ३२५८ का प्रमुख समेत रहेकी खनालले विद्यार्थीलाई झोला, अभ्यास पुस्तिका, रंग सेट लगायतका शैक्षिक सामग्री वितरण गरेकी थिइन।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले यस्ता आदर्शवान क्रियाकलापले मानव सभ्यतालाई सार्थक तुल्याउन अभिप्रेरित गराइराख्ने टिप्पणी गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक/शिक्षिका लगायतको सहभागिता रहेको थियोे ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा सहभागी अतिथि लगायत

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्