नेपालमा कोरोना संक्रमित घट्दै, आज १६ सय थपिए



काठमाडौं,भदौ १५ । नेपालमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६ सय ६४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ६२ हजार ६ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार ७ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १६ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छा् । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १५ सय २३ जना पिसीआर र १ सय ४१ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्