कोरोना अपडेट: २ हजार संक्रमित थप, २० जनाको मृत्यु



काठमाडौं, भदौ १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ५२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ६४ हजार २ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गत २४ घण्टामा ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १९ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजा। ९ सय ३५ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

यसैगरी, आज २० जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्