रुकुमपूर्वमा ९ हजार बढीले लगाए कोभिडविरुद्धको खोप



पूर्वरुकुम, भदौ १७ । रुकुमपूर्वमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउने संख्या नौ हजार पुगेको छ । मात्राको खोप लगाएका छन् । हालसम्म ९३ सय २२ जनाले खोप लगाएका हुन् ।

जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप उपलब्ध छ । जसमध्ये एस्ट्राजेनेका र कोभिसिल्ड ६८ सय ४२ जनाले पहिलो डोज र तीन हजार आठ सय ५५ ले दोस्रो डोज लगाएका छन् । २९ सय ८७ जना दोस्रो डोज लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रुकुमपूर्वका कोरोना फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिए ।

भेरोसेल २४ सय ८० ले पहिलो डोज लगाइसकेकोमा १६ सय ६४ जनाले दोस्रो डोज लगाउन बाँकी छ । एक डोजमात्र लगाए पुग्ने जोन्सन खोप भने ६ सय ८० जनाले लगाएका छन् । जिल्लामा प्राप्त भएको कोरोनाविरुद्धको खोप दोस्रो र पहिलो डोज लगाउनेको संख्या १२ हजार नौ सय ९१ छ ।

४० वर्षदेखि माथिकालाई पनि खोप

यसअघि तोकिएको उमेर समूहलाई लगाई मौज्दात रहेको खोप अब ४० वर्ष उमेरमाथिकालाई मंगलबारबाट लगाउन सुरु गरिएको छ । मंगलबार स्वास्थ्य कार्यालय रुकुमकोट र पुथाउत्तरगंगाको तकबाट ४० वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरिएको गिरीले बताए । भूमे गाउँपालिका खाबाङ बगरमा बुधबारदेखि लगाइँदै छ ।

स्वास्थ्य कार्यालय रुकुमकोटमा बुधबारसम्म र भूमे र पुथाउत्तरगंगामा १७ भदौसम्म लगाइँदै छ । भेरोसेल २२ सय ५२ डोज, जोन्सन ४५ डोज, एस्ट्राजेनेका दुई सय ६० डोज मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्