कोरोना अपडेट: २२७४ संक्रमित थपिए, देशभर ३३ हजार उपचाररत



काठमाडौं, भदौ १८ । स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा आज २ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २३ हजार ४ सय ५६ पुगेको छ । त्यस्तै देशभर हाल ३३ हजार ६ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

पछिल्लो २४ घन्टामा संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार आज नयाँ १ हजार ७ सय ५६ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ७ लाख ६७ हजार २ सय ७१ पुगेको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ४ सय ३४ जनाको कोरोना परीक्षणमा १३ सय ५७ जना पिसीआर र ३ सय ९९ जनाको एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्