वामदेवले दिए एमालेबाट राजीनामा, ओलीलाई लगाए यस्तो आरोप



काठमाडौं,भदौ १८ । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी छोडेका छन् । गौतमले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङसमक्ष राजीनामा बुझाएका हुन् । गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना समेत गरेका छन। गौतमले बुझाएको राजिनापत्रमा अध्यक्ष ओलीले पार्टिको नवौ महाधिबेशनबाट पारित राजनितिक कार्यदिशालाई कहिलै पनि अबलम्बन नगरेको उल्लेख छ।

ओलीलाई कार्य शैली जनमुखी बनाउन धेरै पटक आफुले सुझावहरु दिएपनि ओली सुध्रीनुभन्दा अझबढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप समेत गौतमले लगाएका छन । एमालेको ९औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

तर, नेकपा विभाजनपछि भने दुवै पक्षमा नलागी गौतमले एकता अभियान समेत चलाइरहेका थिए । उनले नेकपा (एमाले) परित्याग गरेपनि अब के गर्ने भन्ने बारेमा केही खुलासा गरेका छैनन् । यद्दपी गौतमले यस अघि एमाले बिभाजन भए आफूले माधब नेपाल पक्षलाई साथ दिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्