घट्यो कोरोना संक्रमणदर, १ हजार संक्रमित थपिए



काठमाडौं, २० भदौ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ हजार ८९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख २७ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख २७ हजार १ सय ८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ सय ७६ पिसीआर र १ सय १३ जना एन्टिजेन विधीबाट उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८ सय ३८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्