कोरोना अपडेट: थप १६ सय जनामा संक्रमण पुष्टि, २ हजार निको



काठमाडौं, भदौ २२ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ७७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७२ हजार १ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३१ हजार जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको अनुसार आज मन्त्रालयको अनुसार आज १५ हजार ३४ जनाको परीक्षण गर्दा १४ सय २३ पिसीआर र २ सय ५४ एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्