कोरोना अपडेट: थप १६ सय संक्रमित, २१ सय संक्रमणुमक्त



काठमाडौं,भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६ सय ४० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७३ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज आज २१ सय ६१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३३ हजार १ सय ६१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ सय ४७ पिसीआर र २ सय ९३ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको हो ।

कोरोना संक्रमणबाट सोही समयावधिमा १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्