स्वर्णिम वाग्लेले भने, ‘देउवा र राणाका गिरोहको निरन्तरको हेपाइ र अपमानले कांग्रेस पार्टी छाडे’



काठमाडौं,चैत १६ । अर्थशास्त्री स्वर्णिम वाग्लेले आफुले कांग्रेस पार्टी छोडेको बताएका छन् । उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका हुन ।

शेरबहादुर देउवा र आरजु राणाको गिरोहको निरन्तरको हेपाइ र अपमानले यो स्थिति ल्याएको बताएका छन् । वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरु शेखर कोइराला र डा गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको बताएका छन् ।

कांग्रेस छोडेर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको अनुमान छ । उनी तनहुँ १ बाट उपचुनावमा उठ्ने पनि चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्