मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्मका पदमा १० जनालाई रोजगारीको अवसर



काठमाडौं,साउन २७ । भोजपुरको हतुवागढी गाउँपालिकाले मेडिकल अधिकृतद‍ेखि कार्यालय सहयोगी सम्मका पदमा १० जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले शुक्रबार एक दैनिक पत्रिकामा सूचना प्रकाशन गरी करार सेवाका लागि दरखास्त आह्वान गरेको हो । 

गाउँपालिकाले मेडिकल अधिकृत पदमा १, सूचना प्रविधि अधिकृत पदमा १, हेल्थ असिस्टेन्ट पदमा २, रेडियो ग्राफर पदमा १, ल्याब असिस्टेन्ट पदमा १, अनमी पदमा २, रिटर्नी स्वयमसेवक पदमा १ र कार्यालय सहयोगी पदमा १ गरी १० जना कर्मचारी माग गरिएको छ । यी पदहरूका लागि एमबीबीएसदेखि एसईईसम्मको योग्यता मागिएको छ । 

योग्यता पुगेका इच्छुक उमेद्वारहरूले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गाउँपालिकाको इमेल ठेगाना वा सिधै कार्यालयमा गई दरखास्त दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्