नुवाकोटको बट्टारमा दुर्घटनापछि अवरुद्ध सडक सुचारु
नुवाकोट, कात्तिक ३। नुवाकोटको विदुर नगरपालिका–४, बट्टारमा दुर्घटनापछि अवरुद्ध भएको सडक खुलाइएको छ।
पीडित पक्षसँग वार्ता सुरु भएपछि चाडपर्वलाई मध्यनजर गर्दै सवारी आवागमन सहज बनाउन सडक खुलाइएको हो।
सोमबार युनाइटेड आधारभूत विद्यालय नजिक विद्युतीय गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालक ४४ वर्षीय नवराज दाहालको मृत्यु भएको थियो। घटनापछि पीडित पक्षसँग सहमति जुट्न नसक्दा सडक अवरुद्ध भएको थियो।
सडक खुलाइएसँगै उक्त सडकखण्डमा सवारी आवागमन पुनः सुचारु भएको छ।

