दोलखामा पहिरोले पुरिएर बाबुछोरा बेपत्ता
दोलखा,साउन २८ । दोलखामा पहिरोले पुरिएर बाबुछोरा बेपत्ता भएका छन् । निगुरो टिप्न गएका गाउँपालिका वडा नम्बर ७ का अन्दाजी ३५ वर्षीय निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ शेर्पा पहिरोले पुरिएर बेपत्ता भएका हुन् ।
आइतबार तिनपाटे नजिकैको जङ्गलस्थित ठाडो खोलामा निगुरो टिप्न गएका बाबुछोरालाई माथिबाट खसेको पहिरोमा परी बेपत्ता भएको प्रहरी जनाएको छ ।
वडाध्यक्ष दलबहादुर श्रेष्ठले बेपत्ता भएका निम्दोर्जेको निगुरोसहितको कालो झोला पहिरो गएको ठाउँमा भेटिएको जानकारी दिए । बेपत्ताको खोजी कार्य भैरहेको बताइएको छ ।

